‘कर्मचारीतन्त्रमा सत्ताको आतंक बन्द गर’

  • ख-
  • ख+

दमौलीः सत्ताको आडमा प्रशासन, प्रहरी र स्थानीय तहका कर्मचारीलाई आतंकित बनाउने काम नेकपाका प्रतिनिधिले गरेको भन्दै स्कूल अफ डेमोक्रेसी तनहुँले विरोध जनाएको छ ।

संस्थाका अध्यक्ष डम्बरबहादुर अधिकारीले एक विज्ञप्ति जारी गर्दै सो पार्टीका निर्वाचित जनप्रतिनिधिले कर्मचारी र सुरक्षा निकायमाथि भएको काम बन्द गर्न चेतावनी दिइएको छ ।

विज्ञप्तिमार्फत फरक राजनैतिक आस्थाका व्यक्ति तथा संस्थालाई गरिने व्यवहारमा फरक देखिएको भन्दै त्यस खालका व्यवहार नदेखाउन कार्यालय प्रमुखहरुलाई समेत संस्थाले चेतावनी दिएको छ ।

संस्थाले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत चिकित्सक डा. गोविन्द केसीमाथि भएको बल प्रयोग र सीमा विवादको बिना कुनै अध्ययन सार्वजनिक धारणाको भत्र्सना गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी