
मुग्लिनः मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चारकिलोमा खसेको पहिरो हटाइ राजमार्ग दुवैतर्फ सञ्चालन भएको छ ।
राति ९ बजे खसेको पहिरो विहान ३ बजे एकतर्फी सञ्चालन गरिएको थियो । दुवैतर्फ राजमामार्ग सञ्चालन गराउन विहान ९ बजेबाट २ वटा मेसिनहरुको प्रयोग गरी पहिरो हटाउने काम गरिएको थियो ।
पहिरो हटाउन शुरु गरिएको करिब ३ घण्टापछि दुवै तर्फ यातायात सञ्चालन भएको हो ।
उता, पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जोगिमारा, बादरे लगायतका ठाउहरुमा पनि एकर्फी सञ्चालन भएकोमा दुईतर्फी नै सञ्चालन गर्नको लागि पहिरो हटाउने काम भएको प्रहरी चौकी जोगिमाराले जानकारी दिएको छ ।