थर्पु युवा क्लबकाे भवन तथा ब्याडमिन्टन कपकाे उद्घाटन

  • ख-
  • ख+

दमौली: थर्पु युवा क्लबकाे भवन तथा प्रथम थर्पु ब्याडमिन्टन कपको उद्घाटन भएको छ । क्लवकाे भवन तथा ब्याडमिन्टन कपको उद्घाटन म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले गरिन् । भवन उद्घाटन गर्दै प्रमुख अतिथि रानाले क्लवले अाफ्नै भवन निर्माण गर्न सक्नु अत्यन्तै प्रशंसनीय काम भएको बताइन् ।

रचनात्मक कामको लागि क्लबलाई सदैव सहयोग हुने अध्यक्ष रानाको भनाइ थियो । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , अतिथिहरू कार्यपालिका सदस्य बद्रीका घिमिरे , ब्यास नगरपालिका वडा नँ ५ का अध्यक्ष माेहन कुमार श्रेष्ठ , अादर्श नमुना क्लवका अध्यक्ष गाैरबराज राना , क्लवका पुर्व अध्यक्ष खमबहादुर नेपाली , शुन्दर मणि अधिकारी लगायतकाे उपस्थिति रहेको क्लवका पुर्व अध्यक्ष तथा खेल संयाेजक एवम् म्याग्दे ४ का वडा सदस्य दिपक श्रेष्ठले बताए ।

तनहुँ उद्योग बाणिज्य संघ थर्पु बजार इकाइकाे भवन माथि थपिएको क्लवकाे भवन निर्माण करिब ५ लाखमा सम्पन्न भएको खेल संयाेजक श्रेष्ठले बताए । जस अन्तर्गत म्याग्दे गाउँपालिकाले ३ लाख ५० हजार र क्लवकाे १ लाख ५० हजार गरि ५ लाख खर्च भएको हाे । थर्पु ब्याडमिन्टन हलमा भएको ब्याडमिन्टन प्रतियोगितामा बि लेभलमा २० टिम र सि लेभलमा ३५ टिमकाे सहभागीता रहेको खेल संयाेजक श्रेष्ठले बताए ।

४ गतेसम्म चल्ने प्रतियोगितामा बि लेभलमा प्रथम हुने टिमलाई नगद रू २५ हजार , प्रमाणपत्र , ट्रफि र मेडल तथा द्धितिय हुने टिमलाई नगद १५ हजार , प्रमाणपत्र , ट्रफि र मेडल प्रदान गरिने छ । यसैगरी सि लेभलकाे प्रथम , द्धितिय र तृतीय हुने टिमलाई क्रमश २५ हजार , १५ हजार र तृतीय हुने टिमलाई ५ हजार नगद , प्रमाणपत्र , ट्रफि र मेडल रहेको संयाेजक श्रेष्ठले बताए ।

२०५९ सालमा स्थापना भएको यश क्लवले माैलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले बिबिध साँस्कृतिक रचनात्मक , सामाजिक र युवा बर्ग लक्षित कार्यक्रम गर्दै अाएकाे छ । यहि क्रममा ब्याडमिन्टन खेल बिकासकाे लागि कार्यक्रम अायाेजना गरेको क्लबका अध्यक्ष बिस्णु नेपालीले बताए । क्लवका अध्यक्ष विष्णु नेपालीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन गायक ईश्वर परियारले गरेका थिऐ । प्रतियोगिताकाे उद्घाटनका बेला स्थानीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्