माधव नेपालबाट टीका लगाउँदै भानु १२ का अध्यक्ष गुरुङ समाजवादी प्रवेश गरे

  • ख-
  • ख+

भानुः पार्टी केन्द्रीय अध्यक्ष माधवकुमार नेपालबाट टीका लगाउँदै भानु १२ का वडाध्यक्ष विमल गुरुङ नेकपा समाजवादी प्रवेश गरेका छन् ।

उनी आफूसहित ५० नेता कार्यकर्ताका साथ राजधानीमा आयोजित कार्यक्रमकाबीच पार्टी प्रवेश गरेको पार्टीका युवा नेता मनोज श्रेष्ठले जानकारी दिए ।

गुरुङ यस अघि नै समाजवादी आउने चर्चा थियो । निर्वाचन आयोगको समयसीमाभित्र पार्टी प्रवेशको चर्चा चले पनि अन्तिम समयमा अकस्मात गायब भएका उनलाई एमाले नेताहरुले गायब बनाएको चर्चा चलेको थियो ।

यससम्बन्धी समाचारलाई गलत दाबी गरेका देब भुजेलले दमौली न्यूजविरुद्ध सामाजिक सञ्जालमा गलत समाचार भन्दै स्ट्याटस लेखेका थिए । तर उनले लेखेको एक महिना नपुग्दै गुरुङ प्रवेश गर्ने तयारीमा नरहेको दावी गरेको पार्टी नेकपा समाजवादी प्रवेश गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी