मौसम अनुमानः गण्डकी प्रदेशमा अति भारी वर्षा

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशभर आज (बिहिबार) दिउँसो भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशैभर मनसुन सक्रिय भएका बेला वर्षा भैरहे पनि गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा बिहिबार भारी वर्षा हुने अनुमान महाशाखाले निकालेको मौसम बुलेटिनमा गरिएको छ ।

बिहिबार राती पनि गण्डकी प्रदेशमा अति भारी वर्षाको अनुमान महाशाखाले गरेको छ । महाशाखाले निकालेको तीन दिनको मौसम बुलेटिनमा शुक्रबार राती पनि गण्डकी प्रदेशका थोरै भागमा भारी वर्षाको आंकलन गरिएको छ ।

महाशाखाले यसबीचमा नदीको बहाव बढ्ने, बाढी पहिरो र सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्कता अपनाउन चेतावनी पनि दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्