डायलसिस गराउन गएका तनहुँका व्यक्तिको चितवनमा मृत्यु

  • ख-
  • ख+

दमौलीः तनहुँ आँबुखैरेनीका एक पुरुषको बिहिबार विहान कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको विहान १२ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

गत भाद्र२९ गते डायलसिसका लागि कलेजमा भर्ना भएका उनमा ३१गते संक्रमण पुष्टि भएको थियो।
त्यसयता सघन कक्षमा राखेर उपचार गराइरहेकामा उनको विहान निधन भएको अस्पतालले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी