
म्याग्दे : शिवसक्ति युवा क्लव म्याग्दे २ ले प्यारलाइसका बिरामी शिव रानाभाटलाई आर्थिक सहयोग गरेको छ । केही समय अगाडि गरेको साँस्कृतिक कार्यक्रमबाट बचेको आम्दानी मध्येबाट सहयोग गरिएको क्लवका अध्यक्ष रमेश क्षेत्रीले बताए ।
बिगत २ बर्ष देखि प्यारलाइस भएर घरमै बसेका राधा मावि जामुनेका शिक्षक शिव रानाभाट लाई नगद १० हजार दिएर सहयोग गरेको अध्यक्ष क्षेत्रीले बताए । उक्त रकम शुक्रवार बिरामी रानाभाटको आमालाइ अध्यक्ष क्षेत्रीले हस्तान्तरण गरेका हुन् । यस भन्दा अगाडी पनि १४ हजार सहयोग गरेको र अहिले फेरि १० हजार गरि जम्मा २४ हजार सहयोग गरेको अध्यक्ष क्षेत्रीले बताए ।
क्लवले केही दिन अगाडि दिपावली को अवसर पारि म्याग्देको पिपलडिहि मा आयोजना गरेको विविध साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको थियो । सामाजिक उत्तरदायित्व को भावनाले रकम सहयोग गरेको क्लवले जनाएको छ । यसभन्दा अगाडि पनि क्लवले गरिव , बिपन्न , अशक्त ब्यक्तिहरू लाई सहयोग गर्दै आएको छ ।