११ गतेबाट विद्यालय खुलाउने व्यासको निर्णय

  • ख-
  • ख+

दमौलीः व्यास नगर कार्यपालिकाले असोज ११ गतेबाट नगर क्षेत्रका सबै विद्यालयमा पठनपाठन खुला गराउने निर्णय गरेको छ ।

यस अघि नै प्रस्ताव गरिएको विद्यार्थी सिकाई निर्देशिका पारित गर्दै बुधबार बसेको नगर कार्यपालिका बैठकले असोज ११ गतेबाट निर्देशिका पालना गर्ने विद्यालयमा पठनपाठन सञ्चालनको अनुमति दिने निर्णय गरेको कार्यपालिका सदस्य एवं व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले जानकारी दिए ।
उनले यस अघि प्रस्तावित निर्देशिकामाथि नै सामान्य छलफल गरेर पारित गरिएको जानकारी दिए ।
के छ निर्देशिकामा ?

निर्देशिकामा एउटा कोठामा बढीमा २५ जना राख्ने गरी स्वास्थ्य मापदण्ड पालना गरेमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न सकिने उल्लेख छ । एक पटकमा बढीमा डेढ सय विद्यार्थी रहनुपर्ने कुरा पनि मापदण्डमा छ । मापदण्डले साविकको भन्दा बढी शुल्क लिन नपाउने उल्लेख गरेको छ ।
तर विद्यालयको एसेम्बली गर्न भने निर्देशिकाले रोकेको छ ।

पोशाकका हकमा भने पहिले अनिवार्य नगर्ने प्रस्ताव गरिए पछि विद्यार्थीको पोशाकले पहिचान र अरु कुरामा सहजता आउने भएकाले पोशाक अनिवार्य नगर्ने विषय हटाइएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी