
दमौलीः दमौली अस्पतालको आइसोलेसनका कोरोना संक्रमितलाई फलफूल वितरण गरिएको छ ।
४१ औं सामाजिक सेवा दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ तनहँु शाखाको आयोजना तथा इन्सेक लगायत विभिन्न संघ संस्थाहरुको सहयोगमा संक्रमितलाई बुधबार फलफुल प्रदान गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहँु, ग्रामिण शसक्तिकरण समाज तनहँु र संयुक्त दलित उत्थान मन्च तनहँुको सहयोगमा सो फलफुल प्रदान गरिएको हो ।
गैरसरकारी संस्था महासंघ तनहँुका निवर्तमान अध्यक्ष एवं गन्डकी प्रदेश सदस्य रामलिला सुवर्णकार र इन्सेक प्रतिनिधि एवं गैसस महासंघका जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराईले दमौली अस्पतालका अध्यक्ष प्रदिपराज अधिकारीलाई सो फलफुल हस्तान्तरण गरेका थिए ।
दमौली अस्पतालका अध्यक्ष अधिकारीले दमौली अस्पतालद्वारा सन्चालित आईसोलेशनमा रहेका कोरोना संक्रमितहरुलाई फुलफुल प्रदान गरेकोमा महासंघ तथा सहयोगी संस्थाहरुलाई धन्यवाद दिए ।
सो कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ तनहँुका सदस्य अनिल पाण्डे र पत्रकार राजकुमार श्रेष्ठको पनि सहभागिता रहेको थियो । सो आइसोलेसन सेन्टरमा अहिले २२ जना कोरोना संक्रमित छन् ।