दमौली अस्पतालमा अब गोवद्र्धन मेमोरियल आँखा उपचार केन्द्र

  • ख-
  • ख+

दमौलीः प्रजातन्त्र सेनानी स्वर्गीय गोवद्र्धन शर्मा पोखरेलको स्मृतिमा दमौली अस्पतालमा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ ।


स्वर्गीय शर्माको १०८ औं जन्म जयन्तिको अवसर पारी मंगलबार दमौलीमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको शिलान्यास गर्ने भएका छन् ।


प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस विषय समावेश गरिसकेको छ । अब केन्द्रले दमौली अस्पतालकै एक विभागका रुपमा आँखाको उपचार सेवा प्रदान गर्नेछ ।
मुख्यमन्त्री पोखरेल प्रजातन्त्र सेनानी शर्माका छोरा पनि हुन् । पोखरेललाई आँखाको समस्या देखिएको थियो ।


पोखरेलका ज्येष्ठ पुत्र एवं संविधानसभासद रामचन्द्र पोखरेलले स्मृति दिवसमा विविध कार्यक्रम राखिएको जानकारी दिए ।

स्वर्गीय पोखरेलले राणाशासन हटाउने सशस्त्र आन्दोलन तथा पञ्चायतकालीन कांग्रेस नेतृत्वको आन्दोलनका सशक्त योद्धा थिए । उनी तनहुँ कांग्रेसका संस्थापक पनि भएको बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी