एपेक्स मलमा तनहुँमै पहिलोपटक अत्याधुनिक क्युएफएक्स शुरु

  • ख-
  • ख+

दमौलीः दमौलीको आधुनिक मल एपेक्स मलमा क्युएफएक्स सिनेमा शुरु भएको छ । मलले सोमबार एक विशेष शोको आयोजना गरी क्युएफएक्स सिनेमा शुरु गरिएको शंकेत दिएको हो ।

नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा मलले पत्रकारलक्षित शो गरेर मल अब पूर्ण सञ्चालनतर्फ अघि बढेको जानकारी दिएको हो । मलको सञ्चालक संस्था एपेक्स मल्टिप्लेक्सका प्रवन्ध निर्देशक गणेश श्रेष्ठले दमौली मात्र नभएर आसपासमै अत्याधुनिक सुविधासहित मलमा क्युएफएक्स सिनेमा सञ्चालनमा आएको जानकारी दिए ।

अब मलमा क्युएफएक्समा रिलिज हुने कलिउड, बलिउड तथा हलिउडका चलचित्र प्रदर्शन हुने उनले जानकारी दिए । मलमा दुई हलमा छुट्टा छुट्टै चलचित्र प्रदर्शनमा आउनेछन् ।

मलका आन्तरिक व्यवस्थापक उज्वल भट्टराईले चलचित्र नियमित प्रदर्शनमा आउने भन्दै स्टलहरुमा समेत व्यवसाय सञ्चालनमा आउने जानकारी दिए ।

उनका अनुसार ४५ स्टल रहेको मलमा ब्राण्डेड स्वदेशी तथा विदेशी कपडाका अलावा ईलेक्ट्रोनिक्स ब्राण्ड बिक्री हुनेछन् ।

लिफ्ट तथा एस्केलेटरसहितको दमौलीकै ठूलो व्यवसायिक मलले व्यापार प्रवद्र्धन अपेक्षा व्यवस्थापनको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्