
दमौलीः व्यास १ गल्बुबेसीमा मोटरसाईकल र नेपाल विद्युत प्राधिकरणको जीप ठक्कर खाँदा भएको दुर्घटनामा परी एक युवाको ज्यान गएको छ । घटनामा परी एक जना घाइते छन् ।
विद्युत मर्मतका लागि गल्बुबेशीबाट भादगाउँतर्फ जादै गरेको को १ ध ४० नम्बरको प्राधिकरण दमौलीको जीप र गल्बुबेसी जाँदै गरेको ग २१ प ४९३६ नं.को मोटरसाइकल ठोकिएका थिए ।

घटनामा परी घाइते गल्बुबेसीका स्थानीय १८ वर्षका रोशन गुरुङको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

घटनामा स्थानीय रोसन घर्ती घाइते छन् । उनको टाउकोमा चोट लागेको र अवस्था चिन्ताजनक रहेकाले पोखरा पठाइएको प्रहरीले जनाएको छ ।