टोपी भेटियो टोपबहादुर भेटिएनन्

  • ख-
  • ख+

दमौलीः सेती नदीमा हाम फालेका व्यास २ निवासी टोपबहादुर बराली अझै भेटिएका छैनन् । ५८ वर्षिय उनी विहान ७ बजे नदीमा हाम फालेको प्रत्यक्षदर्शीको भनाई छ ।

व्यास १ छाला फ्याक्ट्री नजिकैको नदीमा हाम फालेका उनी त्यसयता बेपत्ता छन् । नदी किनार नजिकैको प्रतिक्षालयमा उनले प्रयोग गरेको टोपी, छाता, रुमाल र चस्मा फेला भेटिएको छ ।

तर उनी भने बेपत्ता छन् । प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले खोजी जारी रहे पनि हालसम्म उनको अवस्था पत्ता नलागेको बताए ।

उनका अनुसार नदी किनारका क्षेत्रमा परिवारका सदस्यसहित खोजी भैरहे पनि हालसम्म उनी भेटिएका छैनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्