स्वास्थ्य बिमा सम्बन्धि ३ दिने तालिम

  • ख-
  • ख+

स्वास्थ्य बिमा सम्बन्धि स्वास्थ्यकर्मीहरूलाई ३ दिने तालिम दमौली स्थित टास्क भिलेजमा सम्पन्न भएको छ । गण्डकी प्रदेशका ७ वटा जिल्लाका सेवा प्रदायकहरू लाई ब्यबस्थापन सुचना प्रणाली सम्बन्धि आधारभुत तालिम दिइएको स्वास्थ्य विमा बोर्डका सि अहेव फोकल प्रसन भगवान रेग्मीले बताए ।

तालिमले स्वास्थ्य बिमा कार्यक्रमलाई सुदृढ र उपलब्धिमुलक बनाउनको लागि ठुलो भुमिका खेल्ने बिश्वास रेग्मीको छ । तालिममा सहभागीहरू लाई स्वास्थ्य सेवाको खर्चलाई कम गर्ने,स्वास्थ्य समस्याको कारणले हुनसक्ने आर्थिक जोखिमलाइ न्युनिकरण गर्ने बारेमा प्रशिक्षण दिइएको फार्मेसी अधिकृत सुज्योति शाक्यले बताइन् । सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउन, उपलब्ध श्रोतको प्रभावकारी ब्यबस्थापनका लागि नेपाल सरकारले सञ्चालन गरेको कार्यक्रमका बारेमा प्रशिक्षार्थिहरूलाइ प्रस्ट्याइएको आइटि अफिसर कालुसिंह कार्कीले बताए ।

प्रशिक्षार्थीहरूले स्वास्थ्य बिमा कार्यक्रममा बिरामी भएको बेला उपचारमा हुनसक्ने ठुलो खर्च धान्न कठिन नहोस भनेर पहिलेनै योगदान रकम मार्फत जोखिम ब्यबस्थापन हुने जानकारी गराएका थिए । तालिममा सहभागीहरू लाई प्रशिक्षण गण्डकी प्रदेश संयोजक जिवलाल खरेल,स्टाफनर्स अधिकृत रूपा केसि,अनमि सावित्रा कुवर,स्वास्थ्य बिमा बोर्ड जिल्ला सम्पर्क कार्यलय तनहुँका प्रमुख नवराज भट्टराईले दिएका थिए ।

नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई निशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको भन्दै गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार गरि स्वास्थ्य बिमाबाट सबैको लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने निति लिएको बारेमा तालिममा चर्चा गरिएको थियो ।


०७२ सालदेखि कैलाली जिल्लाबाट सुरु स्वास्थ्य बिमा कार्यक्रम हाल ३३ जिल्लामा विस्तार भइ चरणबद्ध रूपमा देशैभर बिस्तार गर्ने योजना रहेको र यश कार्यक्रम लाई अझै प्रभावकारी बनाउन तालिम अनयोजना गरिएको बताइएको छ । सेवा प्रदायक सँस्थाहरू मध्ये दमौली अस्पतालबाट आएकि सृष्टि कार्की क्षेत्रीले तालिम निकै फलदायी भएको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी