
म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना ‘सामि‘ को पालिका स्तरीय समन्वय बैठक सम्पन्न भएको छ ।
बैठकमा म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले वैदेशिक रोजगारिमा जानै नपर्ने बाताबरण तयार गर्नुपर्ने र त्यसको लागि स्वदेशमै रोजगारिको अवसर बनाउनु पर्ने बताइन् । यदि जानै परे पनि वित्तीय साक्षरताको ज्ञान लिएर मात्रै जान पर्ने रानाको भनाइ थियो । त्यस्तै म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले विदेशमा कमाएको पैसा आवस्यकता हेरि खर्च गर्नुपर्ने बताए ।
बैठकमा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायत सबै शाखा प्रमुखहरूको उपस्थिति रहेको ग्रामीण परियोजना संयोजक लुना रानाले बताइन् । सो अवसरमा सामि गण्डकी प्रदेशकाजुना केसीले यश किसिमको कार्यक्रम नेपाल सरकारकै भएको र सेवाप्रदायक संस्थालाई काम गर्न मात्रै दिएको हुँदा आफुहरूले गरेको बताइन् ।
वैदेशिक रोजगारिलाइ कसरी सुरक्षित,मर्यादित र व्यबस्थित बनाउन सकिन्छ भन्ने बारेमा आफुहरू लागेको उनको भनाइ थियो । कार्यक्रममा गाउँपालिकाका फोकल प्रसन जीवन थापाले अभियान तेस्रो आर्थिक वर्षमा प्रवेश गरेको बताए ।
वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले मन्त्रालय बाट सिधै स्थानीय तहलाई अधिकार आए बमोजिम प्रधानमन्त्री रोजगार कार्यक्रम र सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत काम भएको बताए ।
ग्रामीण परियोजना संयोजक लुना रानाले म्याग्देमा २२ वटा केशहरू दर्ता भएको जानकारी दिँदै मनोसामाजिक परामर्श मा २० वटा ,टेलिफोन परामर्शबाट ५२ वटामा सहजिकरण गरेको बताइन् । २०११ बाट सुरक्षित आप्रवासन कार्यक्रम सुरु भएको रानाले बताइन् । तनहुँका ४ स्थानीय तह व्यास नगरपालिका , भानु नगरपालिका,शुक्लागण्डकि नगरपालिका र म्याग्दे गाउँपालिकामा यो योजना सञ्चालन भएको छ ।