दमौलीमा रोटरि द्वारा पोलियो जनचेतना र्याली

  • ख-
  • ख+

दमौली : विश्व पोलियो दिवसका अवसरमा रोटरि ईन्टरनेशनल क्लवले दमौलीमा जनचेतना र्यालि निकालेको छ । सधैंका लागि पोलियो निर्मुलिकरण अभियान अन्तर्गत निस्केको जनचेतना र्यालिले बजार परिक्रमा गरि पुन अनसन चौतारिमा पुगि कोण सभा गरेको अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

कोणसभामा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सबै संघसंस्थाको सहयोगमा पोलियो उन्मुलन गर्न सकिने बताए । जन्मेदेखि ५ बर्ष मुनिका बालबच्चाहरू लाई नियमित खोपको साथमा पोलियो थोपा अनिवार्य खुवाऔ भन्ने नाराका साथ भएको कार्यक्रमका बारेमा
रोटरि क्लवका पुर्व अध्यक्ष हरिसिंह गुरूङले प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले अहिलेसम्म उन्मुलन गर्न नसकिएको पोलियो थोपा लाई रोटरिले अभियान चलाएर सराहनीय काम गरेको बताए । कोणसभामा पास्ट प्रेसिडेन्ट महेन्द्र अधिकारीले धन्यवाद दिएका थिए भने सचिव विना कैनिले सञ्चालन गरेकि थिइन् ।

कार्यक्रममा वक्ताहरुले २०३० सम्ममा पोलियो उन्मुलन गर्ने लक्ष्य रहेको बताइएका थिए । उक्त अवसरमा एसपी दिनेश राज मैनाली, सकुन्तला आले, मञ्जु थापा, दमौदर भण्डारी, पविन्द्र कुमार श्रेष्ठ , निर्मला मल्ल लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी