‘फौजी आक्रमण’ रोक्न सरकारले नहेर्दा डुब्यौं’

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
यति बेला हिउँदे मकैमा घोगा लाग्ने बेला हो । मकै गोडमेल सकेपछि घोगा लाग्ने बेलामै बाली नै नष्ट हुने अवस्था आए पछि अहिले व्यास १३ बेलबासका किसानलाई निल्नु न ओकल्नु भएको छ ।

बेलबासको झण्डै २० रोपनी क्षेत्रफलमा लगाइएको मकैबाली फौजी किराको आक्रमणमा परेको छ । यसले बाली नष्ट हुने अवस्थामा पु¥याएको छ ।

‘ठ्याक्कै घोगा हाल्ने बेलामा किरा लागेर बोटै नष्ट भयो,’ कृषक मेघनाथ आचार्यले भने,‘साहै पीर लागेको छ ।’ निकै मेहनत गरेको फल लाग्ने बेला भएको आक्रमणले आचार्य मात्र नभै अरु किसान पनि समस्यामा परेका छन् ।

किराको आक्रमण भए पनि समस्या पु¥याउँदा बेवास्ता गरिएको भन्दै उनीहरु सरकारप्रति आक्रोशित पनि छन् । ‘वडा र नगरपालिकामा जाँदा केही उपाय दिएनन्,’ अर्का कृषक मनबहादुर गुरुङले भने,‘कृषि ज्ञान केन्द्रले बरु बिषादी दिएको छ ।’

लगानी सबै डुब्ने चिन्ता
निकै दुःख गरेर लगाएको बाली लाग्ने बेलामा भएको किराको आक्रमणबाट कसरी बच्ने भन्ने उपाय किसानलाई थाहा छैन । सरकारी निकायले सघाएका छैनन् । ‘हामीले जानेको विषादीले केही सुधार भएन । सरकारले पनि हेरेन,’ आचार्य भन्छन्,‘गरेको सबै लगानी डुब्ने भो ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी