मुग्लिन नारायणगढ अपडेटः दुईतर्फी यातायात सञ्चालन

  • ख-
  • ख+

मुग्लिन: पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन नारायणगढ र पृथ्वी राजमार्गमा दुईतर्फी रुपमै सुचारु भएको छ ।
मंगलबार राति परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो झर्दा राजमार्ग अवरुद्ध बन्न पुगेको थियो । पहिरो खसेको चार घण्टापछि एकतर्फी यातायात खुलेकामा हाल दुवैतर्फ यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

भरतपुर सडक डिभिजन कार्यालयको लोडर प्रयोग गरी राजमार्गको पहिरो हटाइएको हो ।
पानी परिहेका कारण थप पहिरो खस्न सक्ने सम्भावना भएकोले पहिरोको जानकारी लिएर मात्र यात्रा गर्न ट्राफिक प्रहरी कार्यालय मुग्लिनले आग्रह गरेको छ । सामान्य वर्षा हुदा पनि चारकिलोमा पहिरो खसेर राजमार्ग अवरुद्ध हँुदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्