कोभिडविरुद्ध खोप पाउने ६५ लाख नजिक

  • ख-
  • ख+

काठमाडौं ः नेपालमा हालसम्म ६४ लाख ६९ हजार १५९ जनालाई कोभिड–१९ विरुद्ध पूर्ण खोप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार त्यो भनेको कुल जनसंख्याको २९ दशमलव सात प्रतिशत हो । यस्तै, ८३ लाख ८८ हजार ४०२ जनालाई कोभिडविरुद्ध पहिलो डोज खोप दिइएको छ । त्यो भनेको कुल जनसंख्याको ३८ दशमलव ६ प्रतिशत हो ।

नेपालमा अहिले १३ हजार तीन सय आठजना सक्रिय संक्रमित छन् । तीमध्ये तीन सय सातजना सघन उपचार कक्षमा उपचाररत छन् । एक सय एकजना संक्रमितलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

सबैभन्दा बढी १२ हजार दुई सय ५० संक्रमित होम आइसोलेसनमा छन् । यस्तै, संस्थागत आइसोलेसनमा एक हजार ५८ र क्वारेन्टिनमा दुई सय ३१ जना छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी