साफ च्याम्पियनसिप : फाइनलमा नेपालको प्रतिद्वन्द्वी भारत

  • ख-
  • ख+

काठमाडाैं, असाेज २८ : पहिलो पटक साफ च्याम्पियनपिसपको फाइनल पुगेको नेपालले उपाधिका लागि बलियो प्रतिद्वन्द्वी भारतको सामाना गर्ने भएको छ।

५ टिम सहभागी प्रतियोगितको लिग चरणको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३–१ले पराजित गरेपछि फाइनल नेपाल र भारतबीच हुने पक्का भएको हो।

प्रतियोगितामा अपराजित एक्लो टिम भारत शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो भने नेपालले दोस्रो हुँदै फाइनल पुगेको हो । नेपालले लिग चरणका ४ खेलमध्ये २ जित, १ बराबरी र १ हार बेहोर्दा भारतले २ जित र २ बराबरी खेल्यो।

आयोजक माल्दिभ्सविरुद्ध भारतलाई जित दिलाउन कप्तान सुनील क्षेत्रीले २ र मनवीर सिंहले १ गोल गरे । त्यस्तै माल्दिभ्सका लागि अली अस्फाकले १ गोल गरेका थिए ।

बुधबार नै भएको पहिलो खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपालले पहिलो साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको हो । फाइनल खेल आगामी शनिबार साँझ पौने ९ बजे सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी