अभावमा परेका बालबालिकालाई नृत्य सिकाउन जर्मनका व्यवसायी नारायणको ८३ हजार सहयोग

  • ख-
  • ख+

दमौलीः आर्थिक अभावका कारण नृत्य प्रतिभा तिखार्न नपाएका बालबालिकाको निःशुल्क नृत्य प्रशिक्षणका लागि तनहुँ घर भै जर्मनमा रेष्टुराँ व्यवसायमा संलग्न एक व्यवसायीले अक्षयकोषका लागि सहयोग गरेका छन् ।

जर्मनीको ह्याम्बर्गमा मिजु रेष्टुरेन्ट सञ्चालन गरिरहेका नारायण श्रेष्ठले पत्नी उर्मिलसँगको सहकार्यमा भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कूलमा यस अघि नै अर्का व्यवसायी मोहनकाजी बतासको सक्रियतामा स्थापित कोषमा ८३ हजार चार सय रकम सहयोग गरेका हुन् ।

तीन दशकयता व्यसायमा सलग्न श्रेष्ठले आर्थिक अभावका कारण कोही पनि नृत्य प्रतिभाबाट वञ्चित नहुन् भनेर व्यवसायी मोहनकाजी बतासले थालेको अभियानबाट प्रेरित भएर सहयोग गरेको बताए ।
जामुने दुम्सेराका श्रेष्ठ ह्याम्बर्गमा सफल व्यवसायीमा चिनिन्छन् ।

उनले सामाजिक सेवाका विभिन्न क्षेत्रमा यस अघि समेत सघाउँदै आइरहेको बतासले जानकारी दिए ।
प्राप्त रकमबाट भिक्टोरियामा नृत्य सिक्न आउने विपन्न र जेहेन्दार विद्यार्थीले निःशुल्क नृत्य सिक्न पाउने प्रवन्ध निर्देशक सर्जन थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी