म्याग्देः म्याग्दे ३ पसलेस्थित नव पसले युवा क्लबको छैटौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष माया रानाले खेलकुद सँगसँगै युवाहरू सामाजिक विकासमा पनि लाग्नुपर्ने रानाको जोड दिइन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, म्याग्दे गाउँपालिका वडा न.३ का अध्यक्ष श्रीबहादुर थापा, सदस्य सुनिता नेपाली , नेपाली काङ्ग्रेस म्याग्देका सचिव द्वय गौरवराज राना र शुन्दर मणि अधिकारी , वडामा नं २ का सभापति रमेश अधिकारी , सन्दिप रानाभाट , मनोज श्रेष्ठ, रस्मिता नेपाली लगायतले बोलेको सचिव श्रीराम थापाले बताए ।

क्लबका अध्यक्ष आशिष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष प्रिया खातीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साधारणसभामा क्लबलाई योगदान पुर्याउने विभिन्न १६ जनालाई सम्मान गरिएको थियो ।

यसैबीच, क्लबले पसले चोकमा रहेको यात्रु बस प्रतिक्षालयको सुचना पार्टीबाट दैनिक कान्तिपुर पत्रिका पढ्ने व्यवस्था मिलाएको छ । पसले घर भइ हाल अमेरिका रहेका विज्ञान पण्डितले त्यसको लागि सहयोग गरेको अध्यक्ष आशिषले बताए ।

अन्तिम पटक अध्यावधिक गरिएको 26 Viewed

प्रतिक्रिया दिनुहोस्