नेपाली कांग्रेस व्यास–३ को शुभकामना कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

दमौली: विजया दशमी , शुभ दिपावली तथा छठपर्वको अवसरमा नेपाली कांग्रेस व्यास– ३ को शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।

वडा सभापति अनुप रानाको सभापतित्वमा नेपाली कांग्रेसको पार्टी कार्यालयको सभा हलमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् जनसंम्पर्क विभागका प्रमुख गोविन्द्र भट्टराईको प्रमुख अतिथि थिए ।

शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले “पार्टिको आन्तरिक निर्वाचनमा सम्भव भए सम्म सहमतिको प्रयास गर्ने बताए ।

कम्युनिष्ट सरकारले प्रारम्भिक अध्ययन समेत नगरी रेल र पानीजहाजको भ्रम पुर्ण खेति गरेको उनले आरोप लगाए ।

नेपाली कांग्रेस तनहुँका सभापति एवम् व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने, महिला संघ तनहुँकी अध्यक्ष पवित्रा पौडेल, नेपाली कांग्रेस व्यास नगरपालिकाका सभापति सुर्यचन्द्र हड्खले , लगायतले शुभकामना दिएको पार्टी क्षेत्रीय सदस्य रविन पौडेलले जानकारी दिए ।

वडा सचिव मुमबहादुर वंशीका अनुसार कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो सहभागीता थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी