झाँक्री र किसानको उपस्थितिमा नेकपा एसको कार्यकर्ता भेला

  • ख-
  • ख+

दमौली : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को शनिवार दमौलीमा बृहत जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण गरेको छ ।


दशै तिहार छठ, ईद लगायत नेपालीहरुको महान पर्वको अवशरमा शुभकामना आदान प्रदान भन्दै गरिएको कार्यक्रममा शुक्रबार मात्र मन्त्री भएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान आकर्षण थिए ।

झाँक्री र किसानको उपस्थितिमा नेकपा एसको दमौलीमा कार्यकर्ता भेलादमौली : बृहत जिल्ला स्तरिय कार्यकर्ता भेला नेकपा एसको दमौलीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)को शनिबार दमौलीमा वृहत जिल्ला स्तरिय कार्यकर्ता भेला गरेको छ । दशै तिहार छठ, ईद लगायत नेपालीहरुको महान पर्वको अवशरमा शुभकामना आदान प्रदान भन्दै गरिएको कार्यक्रममा शुक्रबार मात्र मन्त्री भएकी सहरी विकास मन्त्री रामकुमारी झाँक्री र श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान आकर्षण थिए ।दमौली मनकामना चलचित्र मन्दिरको हलमा भएको कार्यक्रममा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको पार्टी जिल्ला अध्यक्ष शंकर नारायण श्रेष्ठले जानकारी दिए ।

समयले दिएको जिम्मेवारी पूरा गर्नेछु : झाँक्री

कार्यक्रममा मन्त्री झाक्रिले समयले दिएको जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्ने बताइन् । जवाफदेहिता पुर्वक सरकार सञ्चालन गर्ने हाे भने दुई तिहाई हाेइन , सामान्य बहुमतको सरकार भए पनि हुने भन्दै उनलेे अहंकारको कारणले पहिलेकाे सरकार ढाल्नुपरेकाे बताइन् ।

रोजगारी सृजना गर्छु : श्रेष्ठ

काेभिड १९ ले नेपालमा १५ लाख श्रमिकले राेजगारि गुमाएकाे तथ्यांक मन्त्रीको सपथ पछिकाे पदस्थापनमा अाँफुले पाएकाे भन्दै मन्त्री श्रेष्ठले युवालाई राेजगारि दिलाउन सबै उपाय अपनाउने बताए ।

कम्युनिस्ट पार्टीको लागि श्रम मन्त्रालय निकै महत्त्वपूर्ण रहेको मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री भए पछि अाफ्नाे जिम्मेवारी थपिएकाे भन्दै श्रेष्ठले तनहुँमा बेरोजगार युवाहरू लाई राेजगारिकाे प्याकेज ल्याउने बताए ।


दमौली मनकामना चलचित्र मन्दिरको हलमा भएको कार्यक्रममा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको पार्टी जिल्ला अध्यक्ष शंकर नारायण श्रेष्ठले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्