कक्षा चल्ने भएसँगै कलेजमा भर्ना गर्न आउने बढे

  • ख-
  • ख+

दमौलीः सामाजिक दुरीसहित पठनपाठन सञ्चालनको तयारी भैरहेका बेला व्यास नगर क्षेत्रका सामुदायिक तथा निजी कलेजहरुमा भर्ना गर्न आउने बढेका छन् ।

व्यास १ विज्ञानचौरको आदिकवि भानुभक्त क्याम्पसले तीन दिनका अवधिमा ५० भन्दा बढी विद्यार्थी भर्नाका लागि आएको जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बुद्धिमान श्रेष्ठले भर्नाका लागि आउने विद्यार्थीको संख्या बढिरहेको बताए । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विद्यार्थीहरुको राम्रो प्रतिक्रिया आइरहेको बताए ।

कलेज प्रमुख अमृत भण्डारीले प्लस टु भर्नाको क्रम चलिरहेको र विद्यार्थी तथा अभिभावक आइरहेको बताए ।

दमौलीका निजी कलेजहरु बाराही, दमौली, पराशर आदिमा पनि भर्ना गर्न आउने बढेका छन् । बाराही कलेजले विद्यालय रहेकै भवनबाट नयाँ प्रविधिबाट शिक्षा दिने तयारी गरेको र आकर्षण बढेको दाबी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी