पत्रकारबाट अब कांग्रेसको नेता किशोर

  • ख-
  • ख+

गोरखाः गोरखा हुँदै देशसम्म पत्रकारका नेताको पहिचान बनाएका पत्रकार किशोरजँग थापाको परिचय अब बदलिएको छ । पत्रकारिताबाट सक्रिय राजनीतिमा होमिएका पत्रकार महासंघका यी पूर्व अध्यक्षले अब पत्रकारको होइन दलकै नेताको परिचय बनाएका छन् ।

नेपाली कांग्रेस गोरखाको सचिवमा उम्मेदवारी दिएका थापाले बुधबार भएको मतगणनामा लोकप्रिय मतका साथ जित हासिल गरे पछि अब परिचय नै फेरेका हुन् ।

पत्रकार राजनीतिमा लाग्नुहुन्न भन्ने कुराको वकालत गर्दै आएका थापा अब पत्रकार भन्दा पनि देशकै ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको जिल्ला नेताका रुपमा चिनिने छन् ।
पछिल्लो समय पत्रकारको नेताको पहिचान बनाएका उनी देशैभरका सामुदायिक रेडियोको छाता संस्था अकोराबको महासचिव समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी