झाँक्रीको बलमा शक्ति प्रदर्शन गर्ने नेकपा एस्को तयारी

  • ख-
  • ख+

दमौलीः नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एस्ले तनहुँमा शक्ति प्रदर्शनको तयारी गरेको छ । सत्ताधारी गठबन्धनको एक सदस्य बनेको पार्टीले जिल्लामा नेता शंकरनारायण श्रेष्ठको नेतृत्वमा समिति बनाएको छ ।

केन्द्रीय नेताहरु प्रतापलाल श्रेष्ठ, चित्र थापा, विद्या ढकाल, रेखा बस्याललगायतको गृहजिल्ला तनहुँमा पार्टीमा नेता कार्यकर्ता प्रवेशससहित वृहत कार्यक्रम गर्ने तयारी पार्टीको छ ।
केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ तथा कलिला खान समेतको गृह जिल्ला भएका कारण केन्द्रीय नेतृत्वले तनहुँको पार्टी संगठन र गतिविधिलाई नजिकबाट नियालिरहेको छ ।

यसै मेसोमा आगामी शनिबार पार्टीले केन्द्रीयस्तरका नेताहरुसमेतको उपस्थितिमा कार्यक्रम गर्न लागेको जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा केन्द्रीय नेतृ रामकुमारी झाँक्री विशेष आकर्षण रहनेछिन् । कार्यक्रममा बाक्लो उपस्थिति जुटाउने गरी तयारी भैरहेको कार्कीले बताए ।

एमालेबाट केही जनप्रतिनिधि तानेको पार्टीले अझै नेताहरुको संख्या र प्रभावका आधारमा कार्यकर्ता आकर्षित गर्न सकिरहेको छैन । यस्तोमा उसको शक्ति प्रदर्शन कार्यक्रमले के कस्तो प्रभाव देला रानजीतिवृत्तमा चासोपूर्वक हेरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी