विजय दशमी शुभ दिपावली छठ विक्रम सम्बत को शुभकामना आदान प्रधान कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

तनहुँ उधोग बाणिज्य संघ महिला उद्धमी विकास समितीको आयोजना मा तनहुँ उधोग वाणिज्या संघको सभा हलमा हिन्दुहरुको महान पर्व विजय दशमी, शुभ दिपावली छठ तथा विक्रम सम्बत को शुभकामना आदान प्रधान कार्यक्रम सम्पन्न भएको छ । तनहुँ उधोग बाणिज्य संघका निवर्तमान अध्यक्ष मानकाजी श्रेष्ठको प्रमुख अतिथिमा सो कार्यक्रम भएको थियो ।

विशिष्ट अतिथि सि.सि.टि.भि गण्डकी प्रदेशका निर्देशक श्री प्रमोद आचार्य,महिला उद्धमी संघ नेपाल तनहुँ की अध्यक्ष अतिथि श्री निर्मला मल्ल , तनुहँ उधोग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ जिल्ला कोषअध्यक्ष दिनेस कुमार श्रेष्ठ , निवर्तमान महिला सभापति राधिका परियार भुपु सभापति मछेन्द्र श्रेष्ठ, सरस्वती न्यौपाने, विष्णु डि.सि, दमौली बजार ईकाईका सभापति भुपाल आले, जिल्ला प्रतिनिधि प्रकाश हड्खले, एक प्रशाद श्रेष्ठ शुभकामना दिए ।

त्यसै गरि निवर्तमान कोषाध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, शुक्ला गण्डकी नगर उद्योग बाणिज्य संध महिला उद्धमी संघ कि सभापति वसन्त श्रेष्ठ, ईनर हुइल क्लव अफ दमौली कि अध्यक्ष मन्जु थापा , वेदव्यास जेष्ठ नागरिक आश्रम कि करुणा श्रेष्ठ लगायतले आ–आफ्नो तर्फबाट शुभकामना मन्तव्य राख्दै शुभकामना दिएका थिए । विभिन्न संघ सस्थाबाट कार्यक्रमा उपस्थित भई सोभा बढाई दिएको भन्दै तनहुँ उधोग बाणिज्य संघ महिला उधमी विकास समितिले धन्यवाद ज्ञापन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी