५ दलद्वारा १९ बुँदे माग राख्दै बन्दीपुर गाउँपालिकामा ज्ञापन

  • ख-
  • ख+

बन्दीपुर: बन्दीपुर गाउँपालिकाका पाँच दलले बन्दीपुर ६ सराङघाटस्थित सेती किनारको क्रसर उद्योग अवैध भन्दै बन्द गराउन गाउँपालिकामा माग गरेका छन् ।

उनीहरूले गाउँपालिकामा ज्ञापन पत्र पठाउँदै करोडौं राजस्व छलिएको भन्दै उद्योग बन्द गरेर लिलाम गर्न माग गरेका छन् ।

नेपाली कांग्रेस, जनता समाजवादी दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी (क्रान्तीकारी) का नेताहरुले गाउँपालिकाका अध्यक्ष पूर्णसि थापामार्फत बुझाइएको ज्ञापनपत्रमा सर्वदलीय सहमतिलाई बेवास्ता गरिएको आरोप लगाइएको छ।

दलहरुले युवा स्वरोजगार कार्यक्रममा पक्षपातपूर्ण व्यवहार गरिएको, बाढी पहिरो पीडितलाई वितरण गरिएको राहतमा पक्षपात भएको भन्दै विवरण माग गरिएको छ ।

बन्दीपुर असस्पतालमा औषधीको अभाव तथा कर्मचारी नियुक्तिमा पनि दलहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट कर्ण बहादुर खत्री, जसपाको तर्फबाट ताराबाबु भट्टराई, रा.प्र.पाको तर्फबाट गोवर्धन भट्टराई र नेकपा (माओवादी)को तर्फबाट सुन्दर लाल श्रेष्ठले बुझाएको ज्ञापनपत्रमा स्थानीय केही विकास योजनामा पनि असन्तुष्टि जनाइएको छ ।

केही दिनमा बुँदागत जवाफ: अध्यक्ष थापा

गाउँपालिका अध्यक्ष थापाले ज्ञापनपत्र बुझ्दै केही दिनमा सबै जवाफ दिने बताएका छन् ।उनले सबै विषयको बुँदागत जवाफ दिने प्रतिवद्धता जनाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी