काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ७६२ र एन्टिजेनमा २०६ गरी ९६८ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा १६ हजार ०४२ परीक्षण भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ भने १ हजार ११४ जना संक्रमणमुक्त भएका छन्

अन्तिम पटक अध्यावधिक गरिएको 34 Viewed

प्रतिक्रिया दिनुहोस्