अवरुद्ध मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो

  • ख-
  • ख+

काठमाडाैं, ६ भदाै ।  सुख्खा पहिरो खसेपछि  अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्डमा एकतर्फी गाडी सञ्चालनमा आएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेसँगै सडक पूर्णरुपमा अवरुद्ध भएको थियो  ।

पहिरो आंशिक रुपमा पन्छाएपछि बाटो एकतर्फी रुपमा खुला भएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

पहिरो पन्छाउने काम भइरहेको र अहिले एकतर्फी बाटो खुलेसँगै रोकिएका सवारी साधान गन्तव्य तर्फ लागेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी