तरूण दलको व्याडमिन्टनमा बिरेनको जाेडि पहिलो

  • ख-
  • ख+

म्याग्दे: नेपाल तरूण दल म्याग्दे गाउँपालिका वडा नँ ३ काे अायाेजनामा पसलेमा सञ्चालन भएको ब्याडमिन्टन प्रतियोगितामा विरेन थापा र कामन थापाको टिम प्रथम भएको छ ।

बिजया दशमी तथा दिपावलिकाे अवसर पारि सुक्रवारदेखि सुरु भएको प्रतियोगितामा भाग लिएका १५ जाेडिलाइ पछि पार्दै थापाको जाेडि प्रथम भएको तरूण दल म्याग्दे ३ का सभापति श्रीराम घिमिरेले बताए ।

यस्तै अमर लामा र निरू रानाको जाेडि द्दितिय भएको घिमिरेले बताए । प्रथम र द्धितित हुने जाेडिलाइ क्रमशः ८ हजार र ५ हजार नगद ट्रफि र प्रमाणपत्र बितरण गरिएको तरूण दलका वडा सचिव अाशिश श्रेष्ठले बताए ।

युवाहरूलाई खेलकुदमा अाकर्सित गराउने उद्धेश्यले अायाेजित प्रतियोगितामा उद्घाटन म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गरेका थिए भने समापनका अवसरमा अायाेजित पुरस्कार बितरण म्याग्दे गाउँपालिकाका नवनिर्वाचित सचिव गाैरबराज रानाले गरेका थिए । प्रतियोगितामा रेफ्रि दिपक कुमार श्रेष्ठले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी