‘कांग्रेस एक ढिक्का बनाऔं ‘ (तस्बिरहरु)

  • ख-
  • ख+

म्याग्देः नेपाली काङ्ग्रेस म्याग्दे गाउँपालिका कार्यसमितिको आयोजनामा आइतबार म्याग्देमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विजया दशमि , शुभ दिपावलि , छठ तथा नेपाल संवत् को अवसरमा आइतवार म्याग्दे ३ बेलटारिमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल लगायतका केन्द्रीय नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

गाउँ सभापति राम भक्त्त घिमिरेको अध्यक्षतामा भएको सुभकामना आदानप्रदान कार्यक्रममा काङ्ग्रेस नेताहरू शंकर भण्डारी , गोविन्द भट्टराई , ध्रुव वाग्ले , रामचन्द्र अधिकारी , बालकृष्ण घिमिरे , मायादेवी राना जितराज राना तथा सभापतिका प्रत्यासि विनोद खनाल , उपसभापति पुष्पराज खनाल र सचिव द्वय गौरबराज राना र सुन्दर मणि अधिकारी लगायतका बक्ताहरूले बोलेका थिए ।

नेताहरूले काङ्ग्रेस एकढिक्का भइ अगाडि बढ्नुपर्नेमा जोड दिंदै नयाँ कार्यसमितिलाई जनताको पक्षमा लाग्न सुभकामना दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी