तनहुँ मासु व्यवसायीमा जीवन शाही

  • ख-
  • ख+

दमौली: तनहुँ मासु व्यवसायी समितिकाे अध्यक्षमा जीवन शाही सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न साताै साधारणसभा तथा पाँचौं अधिवेशनले शाहीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे । समितिका वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार श्रेष्ठ  तथा उपाध्यक्ष सुमन शाही चयन भएका छन् ।
समितिको सचिवमा गणेशराज बाँस्तोला, कोषाध्यक्ष अभिमान सिंह बस्नेत र सहसचिवमा झलक आले  छन् । यस्तै समितिका सदस्यहरूमा किरण थापा, रामचन्द्र विक , शेर महमद , लक्ष्मी लाैडारी , मुवारक हुसेन र मनबहादुर बयलकाेटी छन् ।

समितिका वरिष्ठ सल्लाहकारमा नेखुराम खड्की , सल्लाहकारमा हर्षमान श्रेष्ठ , मानबहादुर केसी , शान्ति सुर्खाली र बलप्रसाद शाही छन् ।

यस अघि भएको अधिवेशनकाे उद्घाटन व्यास नगर पालिकाका मेयर बैकुण्ठनाथ न्याैपानेले गरेको र सञ्चालन चन्द्रकुमार कायस्थले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्