ज्येष्ठ नागरिक दिवसमा म्याग्देका ज्येष्ठलाई सम्मान

  • ख-
  • ख+

म्याग्देः ज्येष्ठ नागरिक दिवसको अवसर पारेर म्याग्दे गाउँपालिकाले ज्येष्ठ नागरिकसँग अन्र्तक्रिया तथा सम्मान गरेको छ ।

दिवसका अवसरमा १४ गते वडा नँ ५ मा सम्मान कार्यक्रम र १५ गते अन्तक्रिर्या कार्यक्रम गरिएको गाउँपालिकाले जनाएको छ । १५ गते शुक्रबार गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले स्रोत साधनले भ्याएसम्म जेष्ठ नागरिकको लागि काम गरेको बताइन् ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले राज्यले ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाच्न पाउने अधिकार सुनिश्चितता गर्नुपर्ने भन्दै ज्येष्ठ नागरिक समाजको सम्पत्ति भएको बताए ।
प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले ज्येष्ठ नागरिकलाई पैसा बांडेर मात्रै नहुने भन्दै अनुकुल व्यवस्था कानुनमा बाँध्नुपर्ने आवश्यकता औंल्याए ।
सो अवसरमा गाउँपालिकाको तर्फबाट नारायणेश्वर सत्संग समितिलाई हार्मुनियम र चिनि हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा म्याग्दे ३ का वडा सदस्य सुनिता नेपाली र कार्यपालिका सदस्य राधिका घिमिरेले जेष्ठ नागरिकको हकहितको बारेमा बोलेका थिए । वडा अध्यक्षहरू बसन्त थापा , शिवबहादुर थापा , लगायतको उपस्थिति रहेको कार्यक्रममा म्याग्दे ३ का वडा अध्यक्ष श्रीबहादुर थापाले अध्यक्षता गरेका थिए भने कार्यक्रममा जेष्ठ नागरिक मञ्च म्याग्देका अध्यक्ष केशरबहादुर राना , गेहेन्द्र प्रसाद घिमिरे , शिवबहादुर रानाभाट , सारदा पौडेल लगायतले जेष्ठ नागरिकको बारेमा बोलेका थिए ।

यसैबीच, म्याग्दे गाउँ पालिका वडा नँ ५ को आयोजनामा आफ्नो वडा भित्रका जेष्ठ नागरिकहरूलाइ टोलटोलमा वडा अध्यक्ष शिवबहादुर थापा स्वयं पुगि बाक्लो पछ्यौरा र हर्लिक्स दिई सम्मान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी