कांग्रेस भिमाद अधिवेशनः प्रदीप पौडेल र जीतप्रकाश समूहमा को बलियो ?

  • ख-
  • ख+

भिमादः नेपाली कांग्रेस भिमाद नगर समितिको सभापतिमा अरविन श्रेष्ठ निर्वाचित भएका छन् ।

सहमतिको अन्तिम प्रयास समेत सफल नभए पछि बिहीबार भएको मतदानका क्रममा श्रेष्ठले प्रत्यासी रामकृष्ण रानालाई पराजित गरेका हुन् । विजयी श्रेष्ठले ७५ मत पाए ।

उता, रानाले भने ७० मत पाए । सचिवमा सन्तोष थापा र राहुल थापा निर्वाचित भए । सन्तोषले सर्वाधिक ८८ मत पाउँदा राहुलले ८४ मत पाए । निकटतम प्रतिष्पर्धी कृष्ण रिजालले ७१ मत पाए ।


नेपाली कांग्रेस भिमाद नगर समितिको सभापतिमा अरविन श्रेष्ठ

प्रदीप पौडेल जीतप्रकाश राजेन्द्र समूहबीच कडा भिडन्त
भिमाद सभापतिमा निर्वाचित श्रेष्ठ कांग्रेस क्षेत्रीय सह सभापति राजेन्द्रकृष्ण श्रेष्ठका नाताले साला हुन् । उनलाई जिताउन कार्यवाहक जिल्ला सभापति जितप्रकाश आले पनि खुलेर लागे । सभापति प्रत्यासी थापालाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल समूह सक्रिय भएर लाग्यो ।

कार्यवाहक सभापति र क्षेत्रीय सह सभापति समेत रहेको तह भएकाले भिमादको नेतृत्व चयनलाई धेरैले चासोपूर्वक हेरेका थिए ।
क्षेत्र नम्बर २ मा पकड देखाउने कार्यवाहक सभापति आलेको कसरत र क्षेत्रमा एक्लै लडेर देखाउने केन्द्रीय सदस्य पौडेलको द्धन्द्धका कारण तनहुँमा सबैभन्दा ढिलो र निकै प्रतिष्पर्धात्मक तरिकाले नेतृत्व चयन भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी