‘यजस’को जन्मदिनमा कांग्रेस नेता अधिकारीद्वारा स्वास्थ्य सहयोग

  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसका तनहुँका युवा नेता डम्बरबहादुर अधिकारीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
युवा नेता अधिकारीले बुधबार छोरा यजस अधिकारीको जन्मदिनको अवसर पारेर दमौली अस्पतालमा पीपीई लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

युवा नेता अधिकारीले दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्याललाई सामग्री हस्तान्तरण गरेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सहयोग पुगोस भन्ने हिसाबले सामाग्री वितरण गरिएको युवा नेता अधिकारीले बताए ।

युवा नेता अधिकारी यस अगाडि पनि अस्पताल लगायत विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गरेका थिए । अधिकारी नेपाली कांग्रेस व्यास नगर सभापतिका प्रत्यासी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्