कोशिसको स्वाबलम्बन तालिम

  • ख-
  • ख+

दमौलीः कोशिस तनहुँको आयोजना र गिभ टु एसियाको सहकार्यमा आयोजित स्वाबलम्बन समुहका सदस्यहरूलाई जिविकोपार्जन सम्बन्धि ३ दिने तालिम मंगलबार समापन भएको छ । दमौली स्थित टास्क भिलेजमा भएको तालिममा म्याग्दे गाउँपालिका र ब्यास नगरपालिकाका २ ÷ २ वटा स्वाबलम्वन समुहका सदस्यहरू लाई पशुपालन सम्बन्धि प्रशिक्षण दिइएको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले सीप सिकेर व्यबहारमा उतार्नुपर्ने बताइन् । तपाईंहरूले जुन शिप सिकेर प्रमाणपत्र पाउनुभएको छ , त्यसलाई दराजमा थन्क्याएर राख्ने होइन , काममा लगाउनुहोस रानाको भनाइ थियो ।

आयोजक संस्थाको नाम नैं कोशिस रहेको र तपाईंहरूले पनि अझै बढी जान्ने कोशिस गरेर अगाडि बढ्नुपर्ने उनको सुझाव थियो । ३३ जना सहभागी भएको उक्त तालिमले आँफुहरूलाइ आत्मनिर्भर बनाउन मद्दत पुग्ने आत्मबिस्वास बढाएको तालिममा सहभागी सरिता पराजुली थापाले बताइन् । उक्त तालिमको प्रशिक्षकको रूपमा म्याग्दे गाउँपालिका बाट दिवस पौडेल र मिरा शाह तथा व्यास नगरपालिका बाट गोपिचन्द्र न्यौपाने र नारायणी पौडेल रहेका थिए ।

मनोविद नरेश गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक मनोसामाजिक कार्यकर्ता कल्याण बन्धु वाग्लेले पशु स्वास्थ्य बिमा र ब्यक्ति स्वास्थ्य बिमाको महत्त्व र आबस्यकताको बारेमा प्रस्ट्याएका थिए । म्याग्दे गाउँपालिका कार्यपालिका सदस्य बद्रीका भट्टराई घिमिरे लगायतको उपस्थितिमा भएको कार्यक्रममा सामुदायिक मनोसामाजिक कार्यकर्ता कृष्ण माया थापा र बद्री पाण्डेले सहजिकरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी