लायन्स व्यास सिटीको रक्तदानमा २७ युनिट रगत संकलन

  • ख-
  • ख+

दमौली: लायन्स क्लब अफ तनहुँ व्यास सिटीले दमौलीमा गरेको रक्तदान कार्यक्रममा २७ युनिट रगत संकलन भएको छ ।

विश्व शान्ति दिवसका अवसरमा भन्दै क्लबले दमौली भेटघाट चोकमा सञ्चालन गरेको कार्यक्रमको व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले उद्घाटन गरे ।

उनले ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरेका थिए । श्रेष्ठले क्लबले गरेको कामको सराहना गरे ।

लायन्स डिष्ट्रिक्ट ३२५ बी १ का पूर्व गर्भनर अशोककुमार श्रेष्ठले सामाजिक सेवाका क्षेत्रमा लायन्स क्लबहरुले पु¥याएको सहयोग उदाहरणीय रहेको उनले बताए ।

क्लबका अध्यक्ष कुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिष्ट्रिक्ट डेपुटी चिफ एड्भाईजर माधवबहादुर पन्त, रक्तदान डिपार्टमेन्ट चिफ एड्भाईजर बालकृष्ण शर्मा, प्रथम उपाध्यक्ष प्रदीप मल्ल, सचिव एकप्रसाद श्रेष्ठलगायतले बोलेका थिए ।

अध्यक्ष मल्लले शान्ति दिवसका अवसरमा कार्यक्रम गर्ने निर्णय छोटो समयमा गरिए पनि कार्यक्रम सफल रहेको बताए । ‘छोटो समयमै गरिएको कार्यक्रममा उत्साहजनक उपस्थिति रह्यो,’ उनले भने ।

उनले कोरोनाको महामारीका बेला रगत अभाव भएको भन्दै एक दिनको तयारीमा गरिएको कार्यक्रमले नियमित रक्तदान कार्यक्रम गर्ने उर्जा प्रदान गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्