कोशिशको ६ दिने मानसिक स्वास्थ्य तालिम

  • ख-
  • ख+

दमौलीः राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठन कोशिशको आयोजनामा ५ गते मंगलबारदेखि सञ्चालन भएको ६ दिने तालिम १० गते आइतवार सम्पन्न भएको छ ।
टास्क भिलेजमा स्थानीय तहका स्वास्थ्यकर्मीहरू लाई दिइएको तालिममा २८ जनाको सहभागीता रहेको थियो ।

तालिममा मनोचिकित्सक डा. दिपक कुँवर र डा. वर्षा श्रेष्ठले मानसिक रोग सम्बन्धि प्रशिक्षण दिएको कार्यक्रम संयोजक रविलोचन पौडेलले जानकारी दिए ।

तालिम समापन कार्यक्रममा तालिमका सहभागी दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल पौडेल , पुरनडिहि अस्पतालका डाक्टर सुरज श्रेष्ठ , फुलबारी स्वास्थ्यकेन्द्रका डाक्टर प्रतीक्षा आले लगायतले तालिम निकै प्रभावकारी र फलदायी भएको बताए ।

यस किसिमको तालिमले स्वास्थ्यकर्मी हरूलाइ आत्मविस्वास बढाउने काम गरेको उनिहरूको भनाइ थियो । तालिममा कोशिशका मनोविद सरोज सिंखडा , मनोविद नरेश गजुरेलले सहजिकरण गरेका थिए ।

तालिममा सहभागीहरू लाई प्रशिक्षक दिपक कुँवर , प्रशिक्षक बर्षा श्रेष्ठ तथा कार्यक्रम संयोजक रविलोचन पौडेलले प्रमाणपत्र प्रदान गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी