नेपाली कांग्रेस व्यास नगर अधिवेशन : सभापतिमा हड्खले निर्वाचित

  • ख-
  • ख+

दमौली: नेपाली कांग्रेस व्यास नगर सभापतिमा सूर्यचन्द्र हड्खले निर्वाचित भएका छन् ।

पार्टीको व्यास नगर अधिवेशन अन्तर्गत शनिबार भएको मतदानमा सभापतिमा विजयी हड्खलेले सभापति पदका प्रत्यासी डम्बरबहादुर अधिकारीलाई पराजित गरेका हुन् ।

कुल ४ सय ४३ मतदाता मध्ये ४ सय ३२ ले मतदान गरेको निर्वाचनमा सभापतिमा विजयी हड्खलेले दुई सय ८२ मत पाए ।
प्रत्यासी अधिकारीले एक सय ४१ मत पाएका छन् ।


अधिवेशनबाट उप सभापतिमा सुर्जकुमार मल्ल र शोभा अधिकारी विजयी भए । मल्लले २९४ र अधिकारीले ३३० मत पाए ।
सचिवमा सुरेश पूरी र खेमराज पोख्रेल निर्वाचित भए ।
सचिव पुरीले २८९ र पोख्रेलले २८१ मत पाए । दुई मत बदर भएको थियो ।

मतदानमा उप सभापतिका प्रत्यासी सुजन वाग्लेले ९० तथा सुरेन्द्र पौडेलले ८८ मत पाएका थिए । मतदानमा सचिवका प्रत्यासी सरोज भण्डारीले दुई सय एक मत पाएका थिए भने सुनिल रिजालले ४३ मत पाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी