युवा संघ व्यास नगर अध्यक्षमा कृष्णकुमार ‘जेके’सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः नेकपा एमालेको भ्रातृ संगठन युवा संघ व्यास नगर अध्यक्षमा युवा व्यवसायी कृष्णकुमार श्रेष्ठ ‘जेके’ सर्वसम्मत भएका छन् ।

शुक्रबार भएको व्यास नगर युवा भेलाले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा ५१ सदस्यीय समिति निर्वाचित गरेको युवा संघका जिल्ला नेता कविराज श्रेष्ठले जानकारी दिए ।

५१ सदस्यीय समितिका वरिष्ठ उपाध्यक्ष अजित पन्त, राम श्रेष्ठ उपाध्यक्ष र सुरेशकुमार आले, सचिव सरोज बस्नेत कोषाध्यक्ष अस्मिता परियार तथा सह–सचिव पुन दरै निर्वाचित भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी