नेपाली कांग्रेस व्यास नगर अधिवेशन: सभापतिमा त्रिपक्षीय प्रतिष्पर्धा होला ? (कसलाई कसको समर्थन ?)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेस व्यास नगर अधिवेशनमा सभापति पदका लागि तीन उम्मेदवारबीच भिडन्त करिब निश्चित भएको छ । शनिबार हुने अधिवेशनका लागि आकांक्षीहरुमध्ये केहीले धेरै अघि र बाँकीले शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिए पछि अब चुनावी भिडन्त पेचिलो बन्ने देखिएको छ ।

सभापति पदका लागि हालसम्म त्रिपक्षीय प्रतिष्पर्धा हुने देखिएको छ । नगर सभापति पदका लागि ट्रेड युनियन कांग्रेस तनहुँ सभापति सूर्यचन्द्र हड्खले, नगर सह सचिव डम्बर अधिकारी र नगर सचिव चुडामणि दाहाल चुनावी मैदानमा उत्रने देखिएको छ ।

सहमतिको प्रयास अन्य पदहरुमा भए पनि नेताहरुले सभापति पदमा खासै मेहनत गरेको पाइएको छैन । यसका आधारमा सभापति पदमा मतदान हुने करिब निश्चित छ । अन्य पदमा पनि सहमतिको प्रयास भैरहे पनि पदाधिकारीमा मतदान हुने सम्भावना अधिक देखिएको छ ।


वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट व्यास नगर सभापति पदका प्रत्यासी सूर्यचन्द्र हड्खलेलाई पार्टी सभापति बैकुण्ठ न्यौपानेको समर्थन छ । अर्का प्रत्यासी अधिकारीलाई केन्द्रीय सदस्य शंकर भण्डारी र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थन रहेको बताइन्छ ।

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराई सकेसम्म स्थानीय चुनावमा नखुल्ने पक्षमा छन् । हड्खले र अधिकारी चुनावी प्रतिष्पर्धामा जाने निश्चित छ । तर दाहाल हड्खलेइतर खेमाको आधिकरिक उम्मेदवार बन्न अन्तिम समयसम्म पनि कसरतमा हुनेछन् ।

ठूला नेताहरुले एक अर्का उम्मेदवारलाई च्यापेका कारण सहमतिय सम्भावना कम भएकाले निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेर मतदानको तयारी समेत गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी