नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो,सडक अबरुद्ध

  • ख-
  • ख+

चितवन, भदौं ६- नारायणगढ–मुग्लिनसडकको चार किलोमा सुख्खा पहिरो खसेको छ । आज विहान २ बजेको समयमा इच्छाकामना गाँउपालिका ४ स्थित ३ नम्वर पुलमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरो हटाउने काम भइरहेको छ ।पहिरो पन्छाउन २/३ घण्टा लाग्ने उहाँले बताउनुभयो । यसबर्ष मात्र नारायणगढ–मुग्लिन सडकमा दर्जन बढि पटक पहिरो खसेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी