कांग्रेस म्याग्दे अधिवेशन : सचिवमा सुन्दरमणिद्वारा उम्मेदवारी घोषणा

  • ख-
  • ख+

म्याग्दे: नेपाली कांग्रेस म्याग्दे गाउँपालिकाको सचिवमा युवा नेता सुन्दरमणि अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्।

आसन्न कांग्रेस गाउँ अधिवेशनमा युवा तथा अग्रजको भावना समेट्दै नेतृत्व दौडमा अघि बढेको घोषणा गरेका हुन् । यस अघि नेविसंघ तनहुँ कार्यसमिति सदस्य तथानेपाल विद्यार्थी संघ भानुभक्त बहुमुखी क्याम्पस इकाई सभापति भइसकेका अधिकारी विभिन्न सामाजिक संघ संस्थामा रहेर नेतृत्व गरिसकेका छन् ।

लायन्स क्लब अफ तनहुँ म्याग्देको प्रथम उपाध्यक्ष तथातनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईका सचिव रहिसकेका अधिकारीले युवा तथा अग्रज दुवैबाट आग्रह आएकाले उम्मेदवारी दिएको बताए ।

‘सबैको भावना समेट्ने गरी नेतृत्व लिन अघि बढेको हुँ , ‘ अधिकारीले भने, ‘ म सबैको साथले विजयी हुने आशा छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी