नेपाली कांग्रेस अधिवेशनः पालिका अधिवेशनमा कुन नेताको कता चासो ?

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत शनिबार तय गरिएको पालिका अधिवेशनका लागि तनहुँका केन्द्रीय नेताहरु गृहजिल्लामा केन्द्रीत भएका छन् ।

तनहुँबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेसम्म गृहजिल्ला भित्रिएका छन् ।

केन्द्रीय सदस्य पौडेल र आमन्त्रित सदस्य वाग्ले केही दिनयता गृहजिल्ला छन् भने भट्टराई र भण्डारी पनि आइपुगेका छन् ।

आफ्नालाई जिताउन नेताको चासो: २ केन्द्रीत पौडेल

पालिका अधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय सदस्य पौडेल क्षेत्र नम्बर २ मा केन्द्रीत छन् । शुक्लागण्डकी तथा आसपासका तहको अधिवेशनमा आफ्नो पक्ष बलियो पार्न पौडेल खटेका छन् । म्याग्दे, घिरिङ, भीमाद र ऋषिङसम्ममा उनको चासो छ ।


१ र २ मा भण्डारीको चासो

उता अर्का केन्द्रीय सदस्य भण्डारी पनि दमौलीमा बसिरहेका छन् । आफ्नो क्षेत्र १ का विभिन्न तहका अलावा २ समेतमा उनले रुचि देखाइरहेका छन् । दमौलीमा बसेर भण्डारीले आफूनिकटलाई जिताउन फोनमार्फत निर्देशन दिइरहेका छन् ।

म्याग्दे केन्द्रीत वाग्लेको सक्रियता

आमन्त्रित केन्द्रीय सदस्य वाग्ले पनि क्षेत्र नम्बर २ मा केन्द्रीत छन् । गत साता जिल्ला आएका उनी आफ्नो क्षेत्रमा पकड बलियो पार्न सक्रिय भएर लागिरहेका छन् । म्याग्देमा विशेष सक्रिय वाग्लेको भिमाद, ऋषिङ र घिरिङमा पनि विशेष रुचि छ । शुनपामा समेत उनी आफूनिकट जिताउन रुचिपूर्वक लागिरहेका छन् ।

मुख नखोलेका भट्टराई भन्छन्,‘म गुटको विरोधी हो राम्रो मान्छे आउनुपर्छ’
खुलेर आफ्नो उम्मेदवारका पक्षमा लबिङ नगरेका केन्द्रीय सदस्य गोविन्द भट्टराई अब स्थानीय तह र क्षेत्रको चुनाव हुने भएकाले मनोमालिन्य हुने हिसाबले गुटबन्दी झ्यांगिन नहुने पक्षमा छन् । उनले विगतको चुनावमा हार भएकाले यसपाली मन नकुढिने गरी कार्यकर्तालाई विवेक प्रयोग गर्न दिनुपर्ने बताउँछन् ।

किन कसैका पक्षमा नखुल्नुभएको भन्ने दमौली न्यूजसँगको प्रश्नमा उनले भने,‘स्थानीयस्तरमा यो मेरो र त्यो तेरो भन्यो भने पार्टीका मान्छ े को भन्ने प्रश्न आउँछ,’ उनले भने,‘महाधिवेशनमा आ आफ्नो पक्षमा लबिङ होला तर स्थानीय तहसम्मै मान्छे छान्ने खेलमा म लाग्दिन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी