नेपाली कांग्रेस महाधिवेशनः महाधिवेशन प्रतिनिधि लड्ने रासस पूर्व अध्यक्ष वाग्लेको घोषणा

  • ख-
  • ख+

दमौलीः अग्रज पत्रकार कुलचन्द्र वाग्लेले नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्र्तगत महाधिवेशन प्रतिनिधिमा चुनाव लड्ने घोषणा गरेका छन् । लामो समय राष्ट्रिय समाचार समितिको नेतृत्व गरिसकेका पत्रकार वाग्ले प्रजातान्त्रिक विचार समाजका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

व्यास ७ कलेस्ती नरंगाका स्थायी बासिन्दा वाग्ले झण्डै चार दशक पत्रकारिता तथा कांग्रेससम्बद्ध संगठनमा सक्रिय रहेका छन् । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष रहिसकेका वाग्ले पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

वाग्ले यसपाली महाधिवेशन प्रतिनिधिका रुपमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएर पार्टीको निर्णायक तहमा पुग्ने दौडमा छन् ।

वाग्लेले दमौली न्यूजसँग कुराकानी गर्दै प्रजातान्त्रिक राजनीति, संस्कृति र पद्धतिमा सबैसँग जोडिन आफू उम्मेदवारको रुपमा प्रस्तुत भएको बताए । जिल्लाका मतदाताले आफूलाई विजयी गराउने विश्वास उनले व्यक्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी