
मुग्लिन: मध्यरातमा त्रिशुलीमा कार खस्दा बेपत्ता तीनको अवस्था अझै थाहा हुन सकेको छैन । चितवनको मुग्लिन नजिकै नाग्दिखोला स्थित पृथ्वी राजमार्गमा काठमाण्डौबाट पोखरा जाँदै गरेको ग २च ४९१८ नम्बरको कार शुक्रबार राति मध्यरातमा त्रिशुली नदीमा खसेको थियो ।

एक जना घाइतेको उद्धार गरेको सशस्त्र प्रहरीले बाँकीको पनि खोजी गरिरहेको छ । दुर्घटनामा उद्धार गरिएको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ७ बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदीलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ।

ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीका अनुसार अझै खोजी जारी छ ।

बेपत्ताहरु सबै पोखराका
दुर्घटनामा बेपत्ता भएकाहरूमा कास्की, पोखरा महानगरपालिका वडा नं ७ का अन्दाजी ५५÷६० वर्षिय प्रेम भुजेल, ५५÷६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वरी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ।