कांग्रेस म्याग्दे अधिवेशनः सचिवमा गौरवको उम्मेदवारी

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
नेपाली काङ्ग्रेसको १४ औं अधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा पुग्न युवाहरूले सकृयता बढाएका छन् । यसैबीच, युवा नेतृत्व स्थापित गर्न भन्दै नेपाली कांग्रेस म्याग्दे गाउँ सचिव पदमा लड्ने युवा नेता गौरबराज रानाले घोषणा गरेका छन् ।

पुराना नेता स्व. मनिराज राना को नाति एवम् काङ्ग्रेस तनहुँका उपसभापति स्व. ताराराज राना तथा म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाका छोरा उनी राजनीतिक परिवारका कारण सानैदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेको बताउँछन् ।

रानाले वृद्ध र युवा सबैको साझा पार्टी लाई युवा माझ पनि लोकप्रिय र बलियो संगठन बनाउन उम्मेदवारी दिएको दमौली न्यूजलाई बताए । उनले पार्टी र भ्रातृ संगठन बलियो बनाउन आफूले नेतृत्वमा गएमा भूमिका खेल्ने बताए ।

गाउँपालिकाको सभापति पदमा मुख्यगरी विनोद खनाल र रामभक्त घिमिरेको चर्चा छ । नेताहरु सकेसम्म सहमति नभए मतदानमार्फत नेतृत्व चयन गर्ने दौडमा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी