
दमौलीः नेपाली कांग्रेस व्यास २ का पूर्व सचिव पविन्द्र भट्टराईले व्यास नगर सह सचिवमा चुनाव लड्ने घोषणा गरेका छन् ।
उनले दमौली न्यूजसँग कुराकानी गर्दै सहमतिका लागि वडा नेतृत्वमा दाबेदारी छाडेको भन्दै नगर नेतृत्वमा समावेश गराउन नेतृत्वबाट सहयोग हुने अपेक्षा गरे ।
जेसिआई व्यास नगरका पूर्व अध्यक्ष उनी नेपाल जेसिजका राष्ट्रिय कोषाध्यक्ष समेत हुन् । नेविसंघको राजनीति हुँदै पार्टी राजनीतिमा सक्रिय भट्टराईले आफ्नो उम्मेदवारीले युवा सहभागीता बढाउने विश्वास व्यक्त गरे ।